आज धौलीगंगा बाँध खोलियो

काठमाडौँ – आज भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले परियोजनाको बाँध आज (शनिबार) विहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिएको जनाएको छ। बाँध खोलेका वेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका अन्य नदी वारपार नगर्न आग्रह गरिएको छ। दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्