सोलुखुम्बुको बाढीमा फसेका ७ जनाको उद्धार, एक जना सम्पर्कविहीन

काठमाडौँ – सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)का अनुसार नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको छ । बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रका एक जना सम्पर्कविहीन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म बाढीको कारण १२ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ । ७ घर जोखिममा छन्, दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत अनुराेध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्