झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार, नेप्सेले तीन हजार विन्दु नाघ्यो

काठमाडौँ  – शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । ६ करोड ८९ लाख  ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेले आज तीन हजार विन्दुमा पुगेको छ । नेप्से आज ४३ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको छ । दिउँसो साढे दुई बजे शेयर बजार तीन हजार ३६ विन्दुसम्म पुगेको थियो । बन्द हुने बेलामा भने तीन हजार विन्दुमा रोकिएपनि नेप्से आज झण्डै तीन वर्षयताकै उच्च विन्दुमा पुगेको हो । आज तीन वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्सको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्