ब्राजिलमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु

काठमाडौं – ब्राजिलको साओपाउलो प्रान्तमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ ।

विमानमा चालक दलका चार सदस्य र ५८ यात्रु थिए । दुर्घटनामा विमानमा सवार सबै व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा ३४ पुरुष र २८ महिला थिए ।

एटिआर ७२-५०० विमान दक्षिणी राज्य पारानाबाट साओपाउलोस्थित ग्वारुलोस् विमानस्थलका लागि प्रस्थान गरेको थियो । उक्त विमान शुक्रबार राति राजधानी साओपाउलोभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिममा रहेको विन्हेडो वस्तीमा दुर्घटना भएको थियो ।

तर, विमानमा सवार व्यक्तिहरुबाहेक वस्तीका कसैलाई केही नभएको बीबीसीले जनाएको छ । एउटा घरमा मात्रै क्षति पुगेको पुगेको बताइएको छ । अधिकारीहरुले दुर्घटनाको जाँच सुरु गरिसकेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्