मन्त्री बन्दै मेघराज खड्का

काठमाडौँ –   नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ । एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्कालाई मन्त्री बनाउने तयारी गरिएको छ, साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप  बताइएको छ ।

दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना छ । सत्तारुढ दलहरुबीच भएको भागवण्डामा कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाएको थियो ।

तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा समेट्न कांग्रेसले आफूले पाएको एउटा मन्त्रालय नाउपालाई दिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्