सृजनशील महिला समुह महाबौद्धको अध्यक्षमा शर्मिला कुँवर

काठमाडौँ – सृजनशील महिला समुह महाबौद्धको अध्यक्षमा शर्मिला कुँवर निर्वाचित भएकी छिन् । शनिबार काठमाडौँमा सम्पन्न सृजनशील महिला समुह महाबौद्धको ११औँ साधारणसभा एवं छैटौ अधिवेशनाट कुँवर अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् । उपाध्यक्षमा बसुन्धरा सापकोटा निर्वाचित भएकी छिन् । यस्तै सचिवमा सरिता प्रसाई, सह–सचिवमा अनु गिरी, कोषाध्यक्षमा सावित्री श्रेष्ठ, सह–कोषाध्यक्षमा कला प्रसाई सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा शारदा शाक्य, लालमाया श्रेष्ठ, चुना चौलागाई, मुना खड्का र कमला दाहाल निर्वाचित भएका हनु् ।

कार्यक्रममा एकता व्यापार संघ नेपालका अध्यक्ष तेज प्रसाद आचार्य, पुर्व अध्यक्ष माधव प्रसाद खरेल लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एकता व्यापार संघ नेपालका अध्यक्ष आचार्यले नवनिर्वाचित कार्यसमितलाई सफलताकाे शुभकामना दिएका थिए ।

नव निर्वाचित अध्यक्ष कुँवर एकता व्यापार संघ नेपालकी कार्यसमिति सदस्य समेत हुन् । उनलाई बुधबार एकता व्यापार संघको कार्यालयमा बधाई समेत दिइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्