प्रधानमन्त्री ओलीले तय गरे राजीनामा दिने समय !

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए ।  ‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न, यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो ।’ सरकारको विषयमा चिन्ता नगर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्