माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिदै

काठमाडौँ – माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउसो १ बजे हुने भएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुदै छ । केहि दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।

साथै बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्