राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा, शेयर बजारमा पनि लचक बन्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजानिक गर्न शुक्रबार बिहान ८ बजे नै बोर्ड बैठक बोलाएको छ। मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको हो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार नै उच्च व्यवस्थापन तहमा छलफल गरी मौद्रिक नीति पास गरेर दिउसो अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेका थिए। अर्थमन्त्रीले ग्रिन सिंनल दिएपछि शुक्रबार नै बोर्ड बैठक बोलाइएको हो। बोर्ड बैठकबाट पारीत गरी शुक्रबार नै मौद्रिक नीति सार्वजानिक गर्ने तयारी गरिएको छ।

मौद्रिक नीतिले यसअघि कडाइ गरिएका नीतिगत व्यवस्थाहरुमा लचकता अपनाउने भएको छ। मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिम भार घटाउने तयारी गरेको छ भने शेयर धितो कर्जाको सिमामा समेत पुनरावलोकन गर्ने तयारी रहेको राष्ट्र बैंक स्राेतले जनाएको छ।

यस्तै राष्ट्र बैंकले कर्जा लगानी बढाउन यसअघि गरिएका कडाइमा केहि लचक नीति लिने भएको छ। राष्ट्र बैंकले अन्य क्षेत्रका कर्जामा समेत लचक नीति लिँदै छ। अर्थतन्त्र चलायमान बनाउनको लागि राष्ट्र बैंक कर्जा लगानी बढाउनुपर्ने निष्कर्षमा पुगेको छ। यसले गर्दा केन्द्रिय बैंकले बैंकहरुमा थुप्रिएको ६ खर्ब बढी लगानीयोग्य रकम बजारमा जाने गरी मौद्रिक नीति ल्याउने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्