नेशनल प्याब्सन काठमाडौँको आयोजनामा एकिकृत पाठ्यक्रम र पेशागत विकास तालिम २०८१ सम्पन्न

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले एकिकृत पाठ्यक्रम र पेशागत विकास तालिम २०८१ सम्पन्न गरेको छ ।
शुक्रबार काठमाडौँको तिनकुनेस्थित न्यु समिट कलेजमा एक कार्यक्रम गरि एकिकृत पाठ्यक्रम र पेशागत विकास तालिम २०८१ सम्पन्न गरेको नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्काले जानकारी दिनुभयो । शिक्षकहरुको पेशागत विकासकालागि तालिमको आयोजना गरिएको आयोजक नेसनल प्याब्सनले जनाएको छ ।

काठमाडौँ विश्व विद्यालयका प्राध्यापक डा. बासु सुवेदीले शिक्षकहरुलाई तालिम दिनुभएको थियो । तालिममा ७५ स्कुलका शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा २ सत्रमा सम्पन्न भएको कार्यक्रमका संयोजक समेत रहेका नेशनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष टंक थापाले जानकारी दिनुभयो । शिक्षकहरुलाई क्षमातावान बनाउन सके विद्यार्थीहरु आफै क्षमातावान हुने भएकोले कार्यक्रमको आयोजना गरिएको थापाले बताउनुभयो ।


कार्यक्रममा नेशनल प्याब्सनका उपाध्यक्ष प्रेमकुमार भुजेल, विभिन्न नगरकमिटिका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि शिक्षकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्