काठमाडौँ – बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।
जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको हो।