उपत्यकामा लगातार वर्षा, ललितपुरमा बाढीको चेतावनी, सतकर्ता अपनाउन आग्रह

काठमाडौं- काठमाडौँ उपत्यकामा रहेका वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अझ थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  यसैबिच ललितपुर जिल्लास्थित वाग्मति नदी खोकना जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले वाग्मतिको नदी तटीय क्षेत्रमा रहनुहुनेले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले एसएमएस मार्फत अलर्ट समेत जारी गरेको छ । त्यस्तैगरी पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम-भारी वर्षा मापन, तिनाउ नदी, पश्चिम राप्ती, डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहेकाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैबीच मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ । आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्