शुक्लाफाँटा नगरपालिकाद्वारा आव २०८१/०८२ का लागि ९९ करोड २७ लाखको बजेट विनियोजन

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट ल्याएको छ । शुक्रवार नगरपालिकाको १७ औँ नगर सभाबाट उक्त बजेट पारित गरिएको हो ।

यो संगै शुक्लाफाँटा नगरपालिका कञ्चनपुरमा निर्धारित समयमा बजेट ल्याउने पहिलो पालिका बनेको छ । नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले बजेट प्रस्तुत गरेकी हुन् ।

आयतर्फ रु.३ करोड १५ लाख ८४ हजार,संघीय सरकार राजश्व बाँडफाँडबाट रु.१३ करोड १३ लाख १ रुपैयाँ,प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु.५६ लाख ४० हजार,नेपाल सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु. ४५ करोड ६२ लाख ९ हजार रहेको छ ।

त्यस्तै प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु.५ करोड ३ लाख ९७ हजार,सामाजिक सुरक्षातर्फ रु.२५ करोड,क्षेत्रीय सहरी विकास कार्यक्रमतर्फ रु.९६ लाख ५४ हजार ७ सय,सडक बोर्डबाट रु.७९ लाख २० हजार,गत वर्षको मौज्दात रु.५ करोड तथा व्ययतर्फ चालु खर्च तर्फ रु.६६ करोड ६९ लाख ४२ हजार ४ सय ८९ र पूँजीगत खर्च तर्फ रु. ३२ करोड ५७ लाख ६२ हजार २ सय ११ रुपैयाँ गरी कुल रु.९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको हो ।

क्षेत्रगत कार्यक्रम अन्तर्गत आर्थिक तर्फ रु.८६ लाख बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ०.८७ प्रतिशत हो । सामाजिक विकासतर्फ रु.५३ करोड २६ लाख २२ हजार ४ सय ८९ बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ५३.६५ प्रतिशत हो ।

त्यस्तै पूर्वाधार विकासतर्फ रु.३२ करोड ५७ लाख ६२ हजार २ सय ११(३२.८२ प्रतिशत) विनियोजन गरिएको नगर उपप्रमुख पन्तले सभामा जानकारी गराइन् । सुशासन तथा अन्तर सम्बन्धित तर्फ रु.७१ लख ६० हजार (०.७२ प्रतिशत) विनियोजन गरिएको उनले बताइन् ।

कार्यालय सञ्चालनका लागि १२ करोड ३९ लाख २० हजार बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको १२.४८ प्रतिशत हो । १२ वटा वडाहरु रहेको शुक्लाफाँटामा वडा नम्बर २,३,६ र ९ का लागि प्रति वडा रु २८ लाखका दरले रु.१ करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै वडा नम्बर ४ र १० का लागि प्रति वडा ३३ लाखका दरले रु.६६ लाख बजेट विनियोजन गरिएको छ भने वडा नम्बर १,५,७,८,११ र १२ मा प्रति वडा ३८ लाखका दरले रु.२ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । यसरी वडा कार्यालयलाई जम्मा रु.४ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।

एमविविएस अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्तिका लागि रु.१ लाख बजेट विनियोजन गरिएको छ । कोल्ड स्टोर निर्माणमा रु.१ लाख,बसपार्क निर्माणमा ५० हजार,मुक्त हलिया घर निर्माणमा ५० हजार,सामुदायिक छाडापशु चौपाया व्यवस्थापनमा रु.३५ लाख बजेट विनियोजन गरिएको छ । प्रशासनिक खर्चमा रु.१६ करोड ६४ लाख ८५ हजार ५ सय बजेट विनियोजन गरिएको छ ।

विकास निर्माण संगै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको बजेटमा नगर प्रमुख सामुदायिक विद्यालय सुधार कोषमा रु.१ लाख बजेट विनियोजन गरिएको छ ।

बाल विकास शिक्षक,विद्यालय कर्मचारी,सहयोगी थप पारिश्रमिक अनुदान तथा गुणस्तर व्यवस्थापनमा रु.९० लाख र नगर शिक्षण सिकाई सहयोग अनुदान तथा गुणस्तर सुधारका लागि रु.२ करोेड २५ लाख बजेट विनियोजन गरिएको छ ।

दलित,जनजाती,आदिवासी लक्षित कार्यक्रमका लागि रु.५ लाख बजेट विनियोजन गरिएको छ ।त्यस्तै नगर क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि रु.६४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्य संस्थाहरुमा कार्यरत करार कर्मचारी पारिश्रमिक र पोषाक(व्यवस्थापन समितिबाट नियुक्त)का लागि रु.१ करोड ५ लाख ६५ हजार ५ सय बजेट विनियोजन गरिएको छ ।

नगरसभाबाट नगरपालिकाको आर्थिक विधेयक २०८१,आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन,वार्षिक प्रगति प्रतिवेदन लगायत पाँच वटा प्रतिवेदन नगर सभा सदस्यले प्रस्तुत गरिएको थिए ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा ८० करोड ५२ लाख ५१ हजार ५ सय ६० को बजेट ल्याएको थियो ।

सेतीकाली न्यूजबाट साभार

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्