उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन तथा उज्यालो लिम्चुङबुङ घोषणा

काठमाडाैं – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नुका साथै उज्यालो लिम्चुङबुङ घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष मेजर राईको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन वन तथा वातवरण मन्त्री नारायण बुर्जामगरको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन र उज्यालो लिम्चुङबुङ घोषणा गर्नु भएको हो ।

२०७८ सालबाट निर्माण सुरु गरिएको प्रशासकीय भवन निर्माण सुरु गरिएको थियो । कुल ७ करोड ७८ लाख ७० हजार एक सय ८३ रुपैया ९६ पैसा लागत अनुमान गरिएकोमा एएम पिउन्स जेभि ललितपुरले ४ करोड ६१ लाख ८० हजार एक सय ६६ रुपैया २७ पैसामा निर्माणको जिम्मा लिएको थियो ।समय अवधिमै भवन निर्माण संगै हस्तान्तर गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

अब लिम्चुङबुङ गाउँपालिकामा छरिएर रहेका विशषगत शाखाहरु एकै ठाउँमा राखेर आफ्नै प्रशासकीय भवनबाट नियमित सेवा दिनेछ । यस्तै गाउँपालिकालाई राष्ट्रिय प्रशारण लाईन संग जोडदै पालिकाको सबै घरधुरीमा विद्युत विस्तार गरे संगै गाउँपालिकालाई उज्यालो लिम्चुङबुङ घोषणा समेत गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री बुर्जा मगरले गाउँपालिकाको सुविधा सम्पन्न नयाँ प्रशासकिय भवनबाट सहज सेवा लिनुका साथै जनताले सरल रुपमा छिटो, छरितो सुविधा पाउने विश्वास लिएको बताए । विभिन्न वक्ताहरुले सडक निर्माणको विषयमा प्रश्न उठाइरहेका बेला मन्त्री बुर्जा मगरल संघीय सरकारको आर्थिक मन्दीका कारण प्रदेश सरकारले गाउँपालिकाको जनताको सडकको माग तत्कालै समाधान हुन नसक्ने बताउनुभयो । साथै उहाँले समय सिमा तोकेर घोषणा गर्नुभन्दा पनि सडकलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङ्गका जनताले इतिहास रचेको बताउनु भयो आफुहरु निर्वाचित भएर आउदा अन्धार रहेको लिम्चुङबुङलाई अहोरात्र खटेर उज्यालो बनाउन सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । लिम्चुङबुङ गाउँपालिकाको सम्पत्ती प्रकृति र संस्कृति भएकाले यसलाई पर्यटन संग जोड्दै पालिकालाई समृद्ध बनाउन आफुहरु लागि परेको उहाँले बताउनु भयो । लिम्चुङबुङ गाउँपालिकाले महाअभियान मार्फत सरकारलाई पर्यटन पक्की सडकको लागि निरन्तर जनदवाव सृजना गर्ने काम गरीरहेको अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले पालिकालाई यो स्थान सम्म ल्याउनको लागि नेतृत्व गर्नु हुने वर्तमान अध्यक्ष मेजरकुमार राई र यस अघिको गाउँपालिकाका जनप्रतिनिधिहरुको प्रयास सार्थक भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बकेले लिम्चुङबुङ गाउँपालिका प्राकृतिक दृष्टिकोणले पर्यटन भित्र्याउन सकिने क्षेत्र भएको बताउनु भयो । पर्यटनको माध्यमबाट लिम्चुङबुङलाई समृद्ध बनाउन सकन्छि त्यसको लागि स्थानिय नागरिकहरु आफै जागरुक हुनु पर्ने र त्यसमा स्थानिय सरकारको सहयोग अपरिहार्य रहेको बताउनुभयो । साथै उहाँले आगलागीबाट घर क्षति भएका परिवारहरुलाई लक्षित गरि २ लाख ५० हजार सहयोग गर्ने समेत घोषणा गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका भवन निर्माणको लागि जग्गादान गर्ने जग्गादाता, पत्रकारिताको क्षेत्रबाट योग्दान पु¥याउने पत्रकार, कर्मचारी, उत्कृष्ट कृषक तथा उद्यमी, विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । यस्तै पर्यटन सल्लाहकार समेत रहेको पर्यटन व्यवसायी रामसुन्दर बके समेत सम्मानित भएका थिए । पर्यटन प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै बकेलाई सम्मान गरिएको हो । उहाँलाई मन्त्री र अध्यक्षले सम्मान पत्र प्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्