द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनले द्रुत मार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने बताए ।  नेपाली सेनाले बनाइरहेको द्रुत मार्ग २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्