शैल्यशिखर नगरपालिका कार्यालय भित्र पस्यो गुण्डागर्दी, सरकारी सामान तोडफोड

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा गुण्डागर्दीले प्रवेश पाएको छ । नगरपालिकाको कार्यलयभित्रै सरकारी सामान तोडफोगर गरेर गुण्डागर्दीले प्रवेश पाएको हो । स्रोतका अनुसार शैल्यशिखर नगरपालिकाका स्थानीय खेमराज जोशीले नगरपालिकामा कार्यरत खरिदार स्टोरकिपर मनोरथ जोशीको कार्यकक्षमा अनाधिकृत रुपमा प्रवेश गरेर कम्प्युटर टेवल तोडफोड गरेका छन् । खेमराज जोशी एमाले निकट हुन् भने खरिदार मनोरथ जोशी नेपाल निजामती कर्मचारी संगठनका दार्चुला जिल्ला अध्यक्ष हुन् । सरकारी सम्पतीको तोडफोड गर्नु कानुन विपरित हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्