काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला

सांकेतिक तस्बिर

काठमाडौँ – काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। शव बिहान साढे पाँच बजे फेला परेको थली प्रहरीले जानकारी दिएको छ।

प्रहरीकाले बिहान साढे पाँच बजे खबर पाएको थियो । शव थलीको उकालामा फेला परेको हो। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालो कपडाले शवको अनुहार ढाकिएको छ। घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन्।

अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ। मृतक ३५ देखि ४५ वर्ष उमेरको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्