जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं  । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि जनमत प्रतिपक्षमा रहँदै आएको थियो ।

तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो । प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सा‌सद छन् । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्