प्रतिनिधिसभाकाे बैठक २ बजेलाई सर्‍यो

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेसम्मलाई सरेको छ। बिहान ११ बजे बोलाइएको बैठक २ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ।

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खुलाउन लचक भएको छ।

यद्यपि, छानबिन समिति गठनसम्बन्धी कार्यदलको टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन कांग्रेसले आग्रह गरेपछि बैठक सारिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्