सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं – आज सत्तारूढ गठबन्धनको बैठक बस्दैँछ । प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ८ बजे बोलाइएको छ ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ । हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए  । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।

ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाइ अर्थपुर्ण रूपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्