काठमाडौं – संघीय संसदका महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुलाई संसदको महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ कि छैन भनी प्रश्न समेत गरेका छन् । ‘म भन्न चाहन्छु प्रतिपक्षकाहरुलाई-संसदका महासचिवका तीन वटा नागरिकता र दुइ वटा पासपोर्ट पनि तपाईंहरुले उठाएका कुराहरुमा थप्नुहोस् न । संसदमा हाम्रो महासचिवको तीन वटा नागरिकता छ, दुइ वटा पासपोर्ट छ त्यो थप्नु हुन्न ?’