सरकारले ल्याएको अध्यादेशले नेकपामा भाँडभैलो, प्रधानमन्त्रीसँग रुष्ट बन्दै सचिवालय सदस्यहरु

काठमाडौं – सरकारले आकस्मिक रुपमा अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । सोमबार बसेको मन्त्रिपरिषदले दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश सिफासिर गरे लगत्तै नेकपा सचिवालय बैठक बोलाइयो तर बैठक बसेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि सचिवालय बैठक नै रोकियो ।

सरकारले पार्टीसँग कुनै सल्लाह नै नगरी गम्भीर राजनीतिक महत्वका अध्योश ल्याएको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि सहित प्रश्न गरेका थिए ।

बैठकमा अधिका‌ंश सदस्यले दुई अध्यादेशबारे छलफल नभइ किन ल्याएको भनेर प्रधानमन्त्रीसँग प्रश्न गरे पनि जवाफमा प्रधानमन्त्री ओलीले विभिन्न संबैधानिक नियुक्ति गर्न अप्ठेरो परेकाले अध्यादेश ल्याउनु परेको जवाफ दिएका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे गम्भीर र विभिन्न कोणबाट छलफल भएको प्रतिकृया दिए । बाम एकता गर्न ठूलो भूमिका निर्वाह निर्वाह गरेका श्रेष्ठ पत्रकारहरुबीच सधै हसिलो रुपमा प्रस्तुत हुन्थे तर सोमबारको सचिवालय बैठकपछि पत्रकारहरुबीच तनाव मुडमा देखिए ।

नेकपा स्रोतका अनुसार अध्यादेशबारे छलफल हुँदाहुदै राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर बालुवाटारमा पुगेको थियो । त्यसपछि नेताहरु बैठक नै समापन नगरी उठेका थिए भने बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयको शीतल निवासतिर लागेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्