नेपाली विद्यार्थीको लागि देहरादुनमा भर्ना अभियान

भैरहवा, १५ माघ । देहरादुनको द इन्डियन पब्लिक स्कुलले नेपाली विद्यार्थीलाई लक्षित गर्दै भर्ना अभियान सुरु गरेको छ । भारतीय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड(सिबीएसई)बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खुलेको जानकारी भैरहवामा पत्रकार सम्मेलन मार्फत दिइएकाे हाे ।

सन २००१ मा स्थापना भएको वोर्डिङ विद्यालय ८० एकड क्षेत्रफलमा अवस्थित छ । होस्टल, अडिटोरियम हल, विद्यालय र सम्पुर्ण कर्मचारी आवास सहितको व्यवस्था स्कुल परिसरमै रहेको छ । विज्ञान, व्यवस्वस्थापन, मानविकी लगायतको सबै संकायमा अध्यापन गराउदै आएको स्मुलले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दे प्राप्ताङको आधारमा विशेष छुटको व्यवस्था गरेको विद्यालयको सहप्रचार्य चन्द्रशेखर त्यागीले जानकारी दिए । विद्यालयमा आवसीय गुरुकुल शिक्षा प्रणली र आधुनिक शिक्षा प्रणली बीचको समजसय कायम गर्दै शिक्षाा प्रदान गर्ने माध्यम रहेको बताए । गुणस्तरीय शिक्षा र प्रयोगात्मक शिक्षालाई प्रभावकारी रुपमा दिने गरि विगत २७ वर्ष देखि कार्यरत अनुभवी प्राचार्यको नेर्ततवमा देशभरीका विज्ञ स्तरीय शिक्षकहरुद्वरा शिक्षा दिँदै आएको उनले भने ।

शिक्षाको माध्यमबाट पनि दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ शान्त र स्वच्छ वातावरणमा पठनपाठन हुने स्कुलका हाउस मास्टर मनोज सिंहले बताए । उनले नेपालका दर्जनबढि विद्यार्थी हाल विद्यालयमा अध्ययनरत रहेको र धेरै विद्यार्थीहरु त्याहा पढेर नेपाल आई उच्च शिक्षा लिई विभिन्न सेवामा रहेका छन ।

 

५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । विद्यालय परिसरमा ५ सय जना बस्न मिल्ने ४ वटा होस्टल, भोजनालय, प्रशासनिक र शैक्षिक भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, योगास्थल, नृत्य, संगीत, स्वीमिङ पुल, लगायतका सबै प्रकारको खेलका प्रशिक्षक सहितको व्यवस्थापन गरिएको स्कुलले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्