गाजा युद्दको सयौं दिनः प्यालेस्टाइनले भन्यो, ‘इजरायलले भयानक अपराध गर्‍यो

गाजा, १ माघ । गाजामा सयौं दिनको नरसंहार जीवनभरको पीडा भएको प्यालेस्टिनी विदेश मन्त्रालयले जनाएको छ ।

प्यालेस्टिनी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टिनी मुद्दासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रस्तावहरू कार्यान्वयन गर्न फेरी असफल भएको जनाएको छ ।

 

‘१०० दिन बितिसकेको छ र इजरायली कब्जाले गाजालाई बस्न नसक्ने ठाउँमा परिणत गरेको छ, भयानक अपराधहरू गरेको छ र लगभग २ मिलियन मानिसहरूलाई जबरजस्ती विस्थापित गरेको छ,’ प्यालेस्टाइनले भनेको छ ।

 

प्यालेस्टाइन बिरूद्द इजरायललाइ गरेको समर्थनमा पुनर्बिचार गर्नु पर्ने पनि जनाएको छ। ‘सय दिन बितिसकेका छन् र केही देशहरू अझै पनी विश्वस्त छैनन् कि कब्जाको नरसंहारले इजरायलको रक्षा तर्कलाई मेटाएको छ। यी देशहरूले युद्धको लागि आफ्नो समर्थनको पुनः मूल्याङ्कन गर्न आवश्यक छ,’ मन्त्रालयले भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्