दाङ– पुर्व पश्चिमी राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा बस खस्दा मृत्यु भएका १२ मध्ये आठ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा बाँके नेपालगंञ्जका ६० बर्षिय कुसुम बस्नेत, मकवानपुर हेडौडाका सौरब बिष्ट, काठमाडौ चन्द्रगिरी १५ का ताराकान्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्ले जानकारी दिनुभयो ।
यस्तै जुम्ला श्रीढुस्का–९ निवासी मनुबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुम गोतामकोट–९ का दिपक कामी भारत बिहारका योगेन्द्र राम र भारत उत्तर प्रदेशका अतिकुल्ला खैरेको सनाखत भएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
मृतकमध्ये अब चार जनाको सनाखत हुन बाँकी छ । गएराति दाङ राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ ।
बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । बसमा ३६ जना यात्रु रहेको उपरीक्षक मल्लको भनाइ छ ।
नेपाल टेलिभिजनबाट साभार