कोपा इटालियाको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ, २८ पुस । कोपा इटालियाको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

 

कोपा इटालियाको सेमिफाइनलमा फियोरेन्टिना, एटलान्टा, युभेन्टस र लाजियो पुगेका छन् ।

 

क्वाटरफाइनलमा फियोरेन्टिनाले बोलोग्नालाई हराएको थियो भने लाजियोले रोमालाई पराजित गरेको थियो । त्यसति एटलान्टाले एसी मिलानलाई र युभेन्टसले फ्रोसिनोनेलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।

 

अब सेमिफाइनलमा फियोरेन्टिनाले एटलान्टासँग र युभेन्टसले लाजियोसँग खेल्ने भएका छन् । सेमिफाइनल खेल होम एण्ड अवे गरी दुई लिग खेल हुने छन् । सेमिफाइनलको पहिलो लिग अप्रिल ३ मा र दोस्रो लिग अप्रिल २४ मा खेलिने भएको छ ।

 

युभेन्टस अहिलेसम्म सबैभन्दा बढी पटक कोपा इटालिया जित्ने क्लब हो । युभेन्टसले अहिलेसम्म १४ पटक यो उपाधि जितेको छ । युभेन्टसले पछिल्लो पटक २०२१ मा कोपा इटालियाको उपाधि जितेको थियो ।

 

त्यस्तै एएस रोमा र इन्टर मिलानले कोपा इटालियाको उपाधि ९-९ पटक जितेका छन् । इन्टर मिलान कोपा इटालियाको डिफेन्डिङ च्याम्पियन भएपनि यस बर्ष भने राउण्ड १६ बाटै बाहिरिएको थियो ।

 

त्यस्तै लाजियोले ७ पटक, फियोरेन्टिना र नापोलीले ६-६ पटक यो उपाधि जितेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्