गाजा, २० पुस । इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ ।
प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राका अनुसार गत अक्टोबर ७ देखी यता गाजा पट्टीमा इजरायली आक्रमणमा कुल २२,४३८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
उनका अनुसार सो इजरायली हमलामा परी अहिलेसम्म कम्तीमा ५७ हजार ६१४ जना घाइते भएका छन् भने यसरी मारिने र घाइते हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।
विगत २४ घण्टामा करिब १२५ प्यालेस्टाइनीको मृत्यु भएको र ३१८ जना घाइते भएको मन्त्रालय अपडेट गराएको छ ।
गाजा सरकारका अनुसार करिब ७ हजार अन्य अझै बेपत्ता भएका छन् र उनीहरूको घरको भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।