डेपुटी फोर्स कमाण्डर ढकाल र घिमिरे सेनाको उपरथीमा बढुवा

काठमाडाैं, १५ पुस । नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन् ।

 

बढुवा हुनेमा सहायकरथी चोकबहादुर ढकाल र पवन घिमिरे रहेका छन् ।

 

घिमिरे २७ बेसिकका र ढकाल २८ बेसिकका सैनिक अधिकारी हुन् । उपरथीमा बढुवा भएका ढकाल अहिले शान्ति स्थापनार्थ लेवनान मिसनमा डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले उनिहरुलाई उपरथीमा बढुवा गरेको हो ।

 

बढुवा भएका ढकाल र घिमिरेलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्