वासिङटन डिसी, १५ पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बिडेनको प्रशासनले इजरायललाई आपतकालीन हतियार बिक्री गर्ने भएको छ ।
वाइडेन प्रशासनले अमेरिकी संसदललाई फेरि एकपटक बाइपास गरेर सो हतियार बिक्री गर्न लागेको हो ।
बढ्दो अन्तर्राष्ट्रिय आक्रोशको बावजुद गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र र फराकिलो बनाउनका लागि वाइडेन प्रशासनले यो कदम चालेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन ।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनका अनुसार इजरायललाई १४७.५ मिलियन अमेरिकी डलको उपकरण एक महिना भन्दा कममा समयमा दोस्रो आपतकालीन निर्णयमार्फत बिक्रिी गर्न लागिएको हो ।
‘इजरायलको रक्षात्मक आवश्यकताहरूको जरुरीतालाई ध्यानमा राख्दै’ सो निर्णययमा पुग्नु परेको सचिव ब्लिन्केनले भने । उनले सो बारेमा अमेरिकी संसदलाई सुचित गर्दै भनेका छन कि हतियार स्थानान्तरणको तत्काल स्वीकृति आवश्यक रहेकाले आपतकालिन रुपमा आफ्नो प्रत्यायोजित अधिकार प्रयोग गरिएको छ ।
‘संयुक्त राज्य अमेरिका इजरायलको सुरक्षाको लागि प्रतिबद्ध छ र इजरायलले सामना गर्ने खतराहरूबाट आफूलाई बचाउन सक्षम छ भनी सुनिश्चित गर्न यो अमेरिकी राष्ट्रिय हितका लागि महत्त्वपूर्ण छ,’ हतियार पठाउनुको उदेश्यका बारेमा उनले प्रस्टाउने कोशिश गरेका छन ।
उनका अनुसार हतियारको सो प्याकेजमा फ्युज, चार्ज र प्राइमरहरू सहित सहायक वस्तुहरू समावेश छन्, जुन इजरायलले पहिले खरिद गरेको १५५ एमएम शेलहरू बनाउन आवश्यक पर्दछ।
शुक्रबारको आपतकालीन निर्धारण, जुन दुर्लभ मानिएको छ । कम्तिमा चार अघिल्लो अमेरिकी प्रशासनहरूले पनि यस्तो अधिकारको प्रयोग गरेको थिए, यसको मतलब विदेशी सैन्य बिक्रीको लागि सम्भावित रूपमा लामोसमयसम्म संसदको समीक्षाको आवश्यकतालाई बाइपास गरिनेछ।