काठमाडौँ – सर्वोच्च अदालतले अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको छ।
न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले शुक्रबार जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ।