बालुकुमारी क्षेत्र तनावग्रस्त, मन्त्रीको गाडीमा आगजनी, प्रहरीको गोली लागेर एक युवकको मृत्यु

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालुकुमारी क्षेत्र तनावग्रस्त बनेकाे छ । प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको छ । प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । १७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरुले चक्रपथमा आएर सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी रोकेर आगजनी गरेको छ । आन्दोलनकारीहरुले मन्त्री र पीएसओ गाडीबाट ओलिएपछि आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार अरु केही गाडीमा आगजनी भएको छ भने केही गाडीमा तोडफोड समेत भएको छ । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्