काठमाडाैं – मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाण्डौमा पानी ल्याउने दाबी गरेको छ । समितिले हिजो विज्ञप्ति निकालेर अबको २८ दिनभित्र पानी ल्याइसक्ने बताएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले पानी छिट्टै आउने समेत बताएको छ ।
सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र दुई सिफ्टमा काम गरी बढीमा २८ दिनभित्र पानी सुरुङमा पठाउने जानकारी दिएको छ। गएको असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएकोमा साउन २८ र २९ गते मेलम्ची नदीमा बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको पनि विकास समितिले बताएको छ ।
उता खानेपानीको लागि दवाद दिदैँ आइरहेको मेलम्ची खानेपानी संघर्ष समितले यस निर्णयमा सहमत नभएको जनाएको छ । हामिले स्थलगत अनुगमन गरिसकेका छाैँ सरकारले चाह्यो भने आजै पनि पानी उपत्यकामा छोड्न सक्छ तर सरकारले ढिलासुस्ती गरेर पन्छाउन खोजेको भएर हामि यसमा सहमत नभएको संघर्ष समितिका तर्फबाट हरि गाैतमले बताए । त्यसका लागि आजै हामि ३ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दैछाैँ उनले भने ।