काठमाडौँ – महिला उद्यमी महासंघ नेपालले पश्चिम नवलपरासीमा संगठन विस्तार गरेको छ । केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महिला उद्दमी संघ गठन गरेको छ ।
दुर्गा कोईरालाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ जसमा २ जना सदस्यपछि थप गर्ने गरि समिति घोषणा गरेको हो ।
हालसम्म ६३ जिल्लामा महिला उद्दमी संघ गठन गरि सकिएको छ । अझै सबै जिल्ला संघ गठन गर्ने गरि तयारी गरिएको छ । महासंघमा ५ हजार २ सय बढि लघुउद्यमी महिला आबद्ध रहेका छन् ।