वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा भजनि र टिकापुर नगरपालिकामा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा र रिड्स नेपाल परियोजनको भजनिमा अनुगमन गरिएको हो । भजनि नगरपालिका प्रमुख केवल चौधरीको नेत्रित्वमा अनुगमन टोलिमा भजनि नगर प्रमुख केवल चौधरी , उप प्रमुख राजु तिरुवा, शिक्षा साखा प्रमुख तथा निमित्त प्रसासकिय प्रमुख सूर्य बहादुर शिहं , शिक्षा अधकृत (बि नि) पंख बहादुर शाह , मेयरका सचिवालय, वडा अध्यक्षहरु, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल र बिधालय का प्र अ हरु रहेका थिय । परियोजनाले समुदायमा पारेको प्रभाव , प्राप्त उपलब्धि तथा समस्या र चुनौतिहरुको एकिन गर्ने उदेश्य ले अनुगमन गरियको फिल्ड अफिसर पिताम्बर पौडेलले जानकारि दिए । टोलिले परियोजनाबाट लाभान्वितहरु संग ब्याक्तिगत तथा समुहगत छलफल गरेको थियो। यसै बिच परियोजनाको कार्यक्षेत्र भित्रका ८ वटा बिधालय का कक्षा १, २ र ३ का कक्षा शिक्षकहरुलाई शिक्षा शाखा प्रमुख सूर्य बहादुर शिहं , शिक्षा अधिकृत पंख बहादुर शाह र केदारेस्वर आधारभुत बिधालय का प्र अ ले कोचिङ गरेका थिए । यार्डले बिगत १ बर्ष देखि यश क्षत्रमा समाबेशि तथा गुणस्तरीय शिक्षामा काम गर्दै आयको छ ।