काठमाडाैं- नेपाली कांग्रेसले राष्ट्रियसभाको चुनावका लागि आज दल दर्ता गरेको छ भने उम्मेदवार चयन गर्ने जिम्मा पार्टीका सभापति शेरबहादुर देउवालाई दिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्तालगायतका कामका लागि अधिकार दिएको थियो । त्यसपछि पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराउनुभएको हो ।
त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरू महासमितिमा सिफारिस गर्ने निर्णय गरेको छ । नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ गतेसम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।