काठमाडौं – नेपाली कांग्रेसले पुषमा आयोजना गर्ने भनिएको महासमिति बैठक सारेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फाल्गुन सातदेखि गर्ने निर्णय गरेको हो । प्रजातन्त्र दिवसका दिन महासमिति बैठक शुरू गर्ने निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक तय गरेको थियो ।
ललितपुरको गोदावरीमा आयोजना हुने महासमिति बैठक फाल्गुन १० सम्म हुनेछ ।