तीन दिनमा २ हजार भन्दा बढीले घटयो सुनको मुल्य

 

काठमाडौं – अघिल्लो हप्ता आकासिएको सुनको मुल्य लगातार घटिरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्बजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।  सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो  ।  सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्