काठमाडौं- नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पुनः अपिल गरेको छ ।
सरकारका तर्फबाट वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले गाजामा बन्दीको रिहाइ र मानवीय सहायता सामग्री आपूर्तिका लागि मार्गप्रशस्त गर्न हमास र इजरायलबिच तत्काल युद्धविराम गर्न भएको समझदारीको स्वागत पनि गरेको छ ।
कतार, अमेरिका र इजिप्टको कूटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम आजदेखि सुरु हुँदैछ ।
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेका १५० जना प्यालेस्टेनीलाई रिहा गर्नेछ ।
कतारको विदेश मन्त्रालयका अनुसार रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको छ ।
नेपाल टेलिभिजन