देउसी खेलेर मेल्लाउँका युवाले गरे मन्दिर पुनर्निर्माणमा सहयोग

काठमाडौं – नेपालीहरूको विशेष चाड दिपावलीको अवसरमा परम्परागत रूपमा खेलिदै आएको देउसी भैलो खेलेर दार्चुलाको लेकम गाउँपालिकाका युवाहरूले मन्दिर पुनर्निर्माणमा सहयोग गरेका छन् ।

लेकम गाउँपालिकाको वडा नम्बर ६ मेल्लाउँ गाउँका युवाहरूले देउसी खेलेर चार हजार एक सय रूपैया मन्दिर पुनर्निर्माण अभियानमा सहयोग गरेका हुन् । केही समय अगाडि देखि युवाहरूको सक्रियतामा मेल्लाउँ गाउँमा रहेका मन्दिर जीर्ण भएको भन्दै सहयोग संकलन अभियान सुरू भएको छ ।

सोही अभियानलाई सार्थकता दिन युवाहरूले देउसी खेलि संकलन भएको पैसा सो अभियानमा जम्मा गरेको देउसीमा सहभागी युवा गोकर्ण मिश्रले बताए । हाल सम्म झण्डै डेढ लाखको हाराहारीमा मन्दिर पुनर्निर्माणमा सहयोग भएको छ । जसका लागि सहयोग संकलन अभियान जारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्