सोनापुर मिनरल्सको शेयरमूल्य आईपीओको मूल्य भन्दा तल

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) को शेयरमूल्य आईपीओको मूल्य भन्दा तल झरेको छ। कारोबारमा आएदेखि दैनिक नकारात्मक सर्किट लेभलमा कारोबार भएको यस कम्पनीको शेयर आज चाैथाे दिनपनि आईपीओको मूल्यभन्दा तल झरेको हो।

सोनापुर मिनरल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो। तर अहिले कम्पनीको शेयर प्रतिकित्ता २३६ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ।

आईपीओको मूल्यभन्दा तल झरेपछि कम्पनीको शेयरमा खरिदकर्ता देखिएका छन्। पछिल्ला ३ कारोबार दिनहरुमा शून्य रहेको कम्पनीको शेयरमा यस दिन १ लाखभन्दा बढी खरिद अर्डर रहेका छन्। यद्यपि, बिक्रीकर्ताहरूको चाप भने यस दिन पनि घटेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्