काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैँकाे दिन आज विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरि टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको थियो ।
सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकले राष्ट्रपतिबाट अपराह्न २ देखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गरेका थिए ।
अन्य सर्वसाधारणले अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गरेका थिए ।