एसियाड : भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

File Photo

चीनको हाङजाओमा जारी १९ औं एसियन गेम्स अन्तर्गत टि २० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपाल रोहित पौडेलको कप्तानीको मैदान उत्रदैछ। भारतीय टोलीको कप्तानी भने ऋुतुराज गायकवाडले गर्दैछन्। इन्डियन प्रिमियर लिग (आइपीएल) का स्टार खेलाडीले भरिएको भारत एसियाडमा उपाधि दावेदार टोली हो। नेपाल बलियो टोली भारतलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न चाहान्छ।

टी २० आईमा नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन्। एसियाडमा भारतले सिधै क्वार्टरफाइनल खेल्न लागेको हो। यता नेपालले भने समूह ‘ए’ को पहिलो खेलमा मंगोलिया विरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो। दोस्रो क्वार्टरफाइनलमा आज नै पाकिस्तान र हङकङ भिड्नेछन्। श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्