चीनको भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।

उतैबाट असोज ६ गते चीन पुगेका प्रधानमन्त्री दाहाल शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किएका हुन् । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेका थिए ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्