काठमाडौँ- नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । जसकालागि आज दिउँसो साढे १२ बजेदेखि मतदान समय तोकिएको छ । अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचवि शंकर पोखरेलले कर्णालीको अध्यक्ष सर्वसम्मत टुंग्याउन निर्देशन दिएका थिए । तर सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुने भएको छ ।
प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका मिनबहादुर शाहीले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।