प्रथम जुनियर अंग्रेजी तथा नेपाली लेखन प्रतियोगीतामा अर्किड स्कुलकी निमसाङ तामाङ तृतीय

काठमाडौँ – प्रथम जिुनियर अंग्रेजी तथा नेपाली लेखन प्रतियोगीतामा अर्किड प्युपल सेकेन्डरी स्कुलकी निमसाङ तामाङ तृतीय भएकी छिन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन नेपाल (नेशनल प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटिको आयाजनामा भएको प्रथम जिुनियर अंग्रेजी तथा नेपाली लेखन प्रतियोगीतामा अर्किड प्युपल सेकेन्डरी स्कुलकी निमसाङ तामाङ अंग्रेजी लेखन तर्फ तृतीय हुन सफल भएकी हुन् । प्रतियोगीतामा सहभागी ३२ जना प्रतियोगीहरु मध्ये उनी तृतीय भएकी हुन् । प्रतियोगीतामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु मात्रै सहभागी भए अनुरुप अर्किड स्कुलबाट कक्षा २ मा अध्ययनरत अन्सु लुइटेल र कक्षा ३ मा अध्ययनरत निमसाङ तामाङले भाग लिएका थिए । उक्त विद्यालय स्तरीय जुनीयर लेखन प्रतियोगितामा भाग लिइ तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा विद्यालय परिवार नै खुसी भएको विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले बताए ।


नेशनल प्याब्सन काठमाडौँका जिल्ला अध्यक्ष अमृत खड्का प्रमुख अथिति, काठमाडौँ जिल्ला समितिका प्रथम उपाध्यक्ष प्रेमकुमार भुजेल र नगर समिति बरिष्ठ सल्लाहकार समेत रहेका लिलानाथ रेग्मी विशिष्ट अथिति तथा नगर समिति अध्यक्ष रञ्जन न्यौपाने कार्यक्रमको सभापति रहि सम्पन्न भएको उक्त प्रतियोगीतामा जिल्ला समिति सदस्यहरु, महानगर समिति सचिव तथा नगर समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्