मिड सोलु हाइड्रोको आइपीओ पर्सी बुधबार बाँडफाँड हुने

काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ पर्सी बुधबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार असोज १० गते साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड गर्ने जनाएको छ ।

कम्पनीको आइपीओमा १३ लाख बढी आवेदकले निवेदन दिएका छन् ।सीडीएससीका अनुसार अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् । कम्पनीले दोस्रो चरणमा  १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्