विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

काठमाडौँ – एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रुपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो ।

मानववादी समाज (सोच) नेपालका अध्यक्ष डा. दामोदर पुडासैनीको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो । सो अवसरमा प्रमुख अतिथि साझा प्रकाशनका सञ्चालक सदस्य, महिला अधिकारकर्मी एवं साहित्यकार सीता ओझाले एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो क्रममा उहाँले वर्तमान युग विज्ञानको युग भएकोले समाजमा विद्यमान कुरीति कुप्रथाहरू पन्छाउँदै वैज्ञानिक समाज स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । अर्का वक्ता एवं विशिष्ट अतिथि निरज पौडेलले विज्ञानका उपलब्धीहरू कुनै सीमा, जात, धर्म, लिङ्गमा सिमित नहुने र समस्त मानवलाई विज्ञानका उपलब्धीले मात्र अघि बढाउँनसक्ने भएकोले विज्ञान सुहाउँदो मानव संस्कृति निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सो विमर्श कार्यक्रममा रामदेव पाण्डे, जे.पी. नेपाल, सुवर्ण कर्माचार्य, रामदत्त मिश्र, डम्बर मिश्र, अश्विनी कोइराला, दीपक बानियाँ, उमेश पाण्डे, रेणु अधिकारी मौनता, तारा के.सी., भवानी मैया पन्त, नरबहादुर वि.सी., डा. शैलेन्द्रप्रसाद नेपाल, उत्तम विचार भेटुवाल, शीला पोखरेल नेपाल, पार्वती पुडासैनी, राधा पाण्डे, ज्ञान्दारी कैनी, राजेन्द्र कोइराला, प्रवीण भुसाल, सञ्जय पन्थी, सीताराम घले, एलिष्टा सुवेदी, सुनिल पन्त, प्रकाश सिलवाल, यशोदा अधिकारी, विमला पौडेल लगायतका वरिष्ठ साहित्यकार, चिन्तक, पत्रकार, राजनीतिज्ञहरूले विज्ञान तथा प्रविधिको कारण मानव जीवन सम्वृद्ध बन्दै गएको हुँदा वैज्ञानिक प्रगतिमा राष्ट्रको ध्यान जानुपर्नेमा जोड दिए ।

सभाध्यक्ष एवं मानववादी समाज (सोच) नेपालका अध्यक्ष डा. दामोदर पुडासैनीले विमर्श कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो । उहाँले सो अवसरमा ‘विज्ञान प्रमाणमा आधारित हुने र मानव जीवनलाई अग्रगतिमा डो¥याउँने एकमात्र आधार विज्ञान नै भएकोले वैज्ञानिक सोचका साथ विकास, निर्माण, सांस्कृतिक र साहित्यिक क्रियाकलापहरूलाई अघि बढाउँनु पर्ने कुरा प्रकाश पार्नु भयो ।

नेपालले हरेक वर्ष असोज एक गते विज्ञान दिवस मनाउँदै आएको छ । मानववादी अभियन्ता अर्जुन परियारले सो कार्यक्रमको संयोजन तथा सञ्चालन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्