शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने बताएको छ। संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।

देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन्। आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो। ‘हामी वार्तामा जाँदैनौं,’ नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सेतोपाटीसँग भने, ‘आन्दोलनका लागि हामी बैठक बसेर आन्तरिक तयारी गर्दैछौं।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्