काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले तीजको पूर्वसन्ध्यामा तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
शनिवार गोठाटारस्थित विद्यालयको प्राङ्गणमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गरिएको विद्यालयका संचालक तथा निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।
करिब २ सय ५० जना अभिभावकहरुलाई विद्यालयमै बोलाएर तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो । यसैगरी अध्ययनरत विद्यार्थी अन्य अतिथीहरु सहभागी भएको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयाे ।
अर्किडले हरेक संस्कृतिहरुलाई जोडेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । सोही अनुरुप तीजलाइ लक्षित गरि आज पनि नाचगान तथा दर खाने कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले बताउनुभयो ।