दिपक वली, घोराहि
दाङको घोराहिमा रहेको एनएमवि बैंक र विआर डेन्टल हस्पिटल बिच बिशेष छुटको सम्झौता भएको छ । एनएमवि बैंकका ग्राहकहरुले विआर डेन्टलबाट सेवा लिदा भिजा कार्ड अथवा मोबाइल बैंकिङ लगायत उक्त बंैकसंग सम्बन्धित प्रबिधिबाट भुक्तानि गरेमा ५ देखि १० प्रतिशत छुटको ब्यबस्था गरीएको एनएमवि बैंक घोराहि शाखा प्रबन्धक बालकृष्ण पराजुलीले जानकारी दिनुभयो ।
यो सेवा सेवा लिनको लागि एनएमवि बैंकका आधिकारीक ग्राहक हुनुपर्ने छ । साथै देशभरीका जुनशुकै शाखाका ग्राहकहरुले पनि यो सुविधा लिन सकिने घोराहि शाखाकि विजिनेस डेभ्लोपमेन्ट म्यानेजर मंञ्जिला आत्रेयले जानकारी दिनुभयो । विआर डेन्टलबाट अधिकांस सेवा लिदा यो छुट पाउने ब्यवस्था गरीएको छ ।
एनएमबि बैंक घोराहि शाखा प्रबन्धक बाल कृष्ण लामिछाने र बिआर डेन्टलका संचालक डाक्टर बिपि भुषाल बिच सम्झौता भएको हो ।